काठमाडौं । लैंगिक समानता (जेन्डर ईन्कुस्लिभ) लागि मैत्रीपूर्ण फुटबलको आयोजना भएको छ ।
१६ दिने अभियान अन्तर्गत शनिबार अखिल नेपाल फुटबल संघ एन्फा कप्लेक्समा अष्ट्रेलियन अल्मुनी र नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ) बीच मैत्रीपूर्ण खेलको आयोजना भएको हो ।
उक्त मैत्रीपूर्ण खेलमा एनएसजेफले अष्ट्रेलियन अल्मुनीलाई ३-१ गोल अन्तरले हराएको छ ।

निरन्जन राजवंशीको कप्तानीमा मैदान उत्रिएको एनएसजेफका लागि प्रज्वल शाक्य, गौरव फुयाल र अभिनव जोशीले एक एक गोल गरे । अष्ट्रेलियन अल्मुनीका निरु थापाले एक गोल गरिन् ।
हाम्रो गोल महिला हिँसाविरुद्ध भन्ने नारासहित मैत्रीपूर्ण खेलको आयोजना भएको हो ।
कार्यक्रममा अष्ट्रेलियन राजदुत फिलिसिटी भोल्क , साथी फाउन्डेसनकी बन्दना राणा, एन्फाका सीईओ इन्द्रमान तुलाधर लगायतका उपस्थिति रहेको थियो ।
