काठमाडौं ।
सहिद स्मारक लिग ए डिभिजन ०७८ को शनिबारको पहिलो खेलमा च्यासल र एपीएफ भिड्दै छन् । दुवैले आफ्नो पहिलो खेल गुमाएका थिए र समान शून्य अंकमा छन् ।
यी दुई टिमबीच अहिलेसम्म लिगमा दुई खेल भएकोमा दुवै बराबरीमा रहेको छ । च्यासले वर्ष ०७५ को लिगबाट माथिल्लो डिभिजनमा डेब्यु गरेको थियो र त्यस क्रममा एपीएफसँग पहिलो भेट भएको थियो ।
त्यो १–१ को बराबरीमा टुंगेको थियो । वर्ष ०७५ मा भएको खेल पनि गोलरहित बराबरीमा टुंगेको थियो ।
दुवै टिमले लिगको पहिलो चरण गुमाएका थिए ।
एपीएफलाई रेलिगेशनमा जान सक्ने टोली मानिएको थियो । पहिलो खेलको नतिजाले सोही सम्भावनालाई अझ बलियो बनाएको छ ।
च्यासलले यस सिजन राम्रै मेहनत गर्यो, टिम बनाउन । तर नतिजा सुखद रहेन ।
ललितपुरको अर्को क्लब थ्री स्टारविरुद्ध खेल गुमाएको च्यासललाई अघि बढ्न शनिबारको खेल महत्वपुर्ण छ ।