काठमाडौं । चेल्सीका डिफेन्डर बेन चिलवेल करिब ६ हप्ता मैदान बाहिर रहने भएका छन् ।
घुँडाको चोटको कारण बेन ६ हप्ता मैदान बाहिर रहने भएका हुन् ।
लेफ्ट ब्याक बेनले च्याम्पियन्स लिग अन्तर्गत युभेन्ट्सविरुद्ध चोट बोकेका थिए ।
चेल्सीका मुख्य प्रशिक्षक थोमस टुचेलले घुँडाको एसीएलको चोट बोकेको बताएका छन् ।
टुचेलले उनको शल्यक्रिया गर्नु पर्ने वा नपर्ने ६ हप्ता भित्र थाहा हुने बताए ।
अब बेनले आइतबार हुने म्यानचेस्टर युनाईटेडविरुद्धको खेल गुमाउने भएका छन् ।
