काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबका एक पुरुष खेलाडीले युरोपको स्पेनमा फुटबलको अभ्यास गर्ने भएका छन् ।
आर्मी क्लबका प्रायोजक तथा खेलकुद सामाग्री उत्पादक केल्मीले आर्मीका एक पुरुष खेलाडीलाई स्पेनमा अभ्यासका लागि लैजाने भएको हो ।
आर्मी फुटबल क्लबका टिम व्यवस्थापक चुन थापाले एक पुरुष खेलाडी स्पेन जाने बताए ।
थापाका अनुसार युरोपबाट सबै प्रक्रिया पुरा भएपछि खेलाडीको टुंगो लाग्ने छ ।
‘अहिले युरोपमा खेलाडी लैजाने प्रक्रिया चलिरहेको छ । प्रक्रिया पुरा भएपछि खेलाडीको टुंगो लाग्नेछ,’ थापाले भने ।
केल्मीले बिहीबार आर्मीसँग चार वर्षको सम्झौता गरेको छ । सम्झौता अनुसार केल्मीले थप चार वर्षका लागि आर्मी क्लबका ‘ए’, ‘बी’ तथा एकेडेमीका खेलाडीहरुलाई पोसाक प्रायोजन गर्नेछ ।
साथै पोसाकमा आर्मीलाई छुट समेत दिनेछ ।
थापाका अनुसार केल्मीले आर्मीको भलिबल टिमलाई समेत प्रायोजन गर्ने भएको छ ।