काठमाडौं । अन्तत: म्यानचेस्टर युनाइटेडका समर्थकका लागि खुसीको समाचार । क्लबले नयाँ प्रशिक्षक पाएका छन् ।
नत्र व्यवस्थापक ओल गन सोल्सारलाई बर्खास्त गरेयता क्लबमा उनको स्थान कसले लिने हो भनेर दुविधा थियो । रमाइलो के पनि छ भने यी नयाँ प्रशिक्षक न जिनेदिन जिदान हुन्, न मउरिसो पोचेटिनी ।
अझ एरनेस्टो भालभेरडे पनि होइनन् । खासमा उनी हुन्, जर्मनीका राल्फ राङनिक ।
उनले छ महिनाका लागि अन्तरिम प्रशिक्षकका रूपमा म्यानचेस्टर सम्हाल्ने छन् । क्लब फुटबलमा निकै सफल प्रशिक्षकमा पर्छन्, यी राङनिक । यी ६३ वर्षीय प्रशिक्षकको मुख्य विशेषता हो, तीव्र गतिमा खेलाउने ।
यी फुटबलका विद्वान पनि हुन्, उनलाई उत्कृष्ट थिंक ट्यान्क पनि भनिन्छ । त्यसैले धेरैका लागि उनी फुटबलका प्रोफेसर हुन्, जसको संगत मात्र गर्दैमा धेरै थोक सिक्न सकिन्छ ।
लिभरपुलका योर्गन क्लोप र चेल्सीका थोमस टुचेल यस्ता दुई प्रशिक्षक हुन्, जसलाई राङनिक धेरै भन्दा धेरै प्रभावित मानिन्छ । यस्तै बायर्न म्युनिकका जुलियन नागेल्समनले उनकै मुनि काम गरेर सिकेको मानिन्छ ।
यस्तोमा राङनिकको आगमन म्यानचेस्टरका समर्थकका लागि खुसीको समाचार होइन र ?