लेस्टर शीर्ष स्थानमा
२०२१ नोभेम्बर २६, शुक्रबारखेलपाटी संवाददाता

काठमाडौं । लेस्टर सिटीले युरोपा लिग फुटबलमा जित निकालेको छ ।
समूह चरण अन्तर्गत बिहीबार राति भएको खेलमा लेस्टरले लेजिया वार्सलाई ३-१ गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा पाट्सन डाकाले ११ औं मिनेटमा गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए ।
खेलको २१ औं मिनेटमा जेम्स म्याडिसनले गोल गर्दै टिमको अग्रता २-० को बनाए ।
२६ औं मिनेटमा फिलिपले गोल गर्दै लेजियालाई २-१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको ३३ औं मिनेटमा विलफ्रेड एनडीडीले गोल गर्दै लेस्टरलाई ३-१ को जित दिलाए ।
जितसँगै लेस्टर समूह 'सी' को शीर्ष स्थानमा उक्लिएको छ ।
लेस्टरले ५ खेलमा ८ अंक जोडेको छ ।
लेजिया ६ अंक जोडेर पुछारमा रहेको छ ।