टोटेनहम पराजित
२०२१ नोभेम्बर २६, शुक्रबारखेलपाटी संवाददाता

काठमाडौं । युरोपा कन्फरेन्स लिग फुटबलमा इंग्लिस क्लब टोटेनहम पराजित भएको छ ।
बिहीबार राति भएको खेलमा टोटेनहमलाई स्लोभानियाको मुरा एफसीले २-१ गोल अन्तरले पराजित गरेको हो ।
खेलको ११ औं मिनेटमा टोमी होर्भाटले गोल गर्दै मुरालाई अग्रता दिलाएका थिए ।
३१ औं मिनेटमा रायनले रातो कार्ड पाएपछि टोटेनहम १० खेलाडीमा समेटियो ।
खेलको ७२ औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटेनहमलाई १-१ गोलको बराबरीमा फर्काए ।
त्यसपछि खेलको इन्जुरी समयमा अमादेज मारोसाले गोल गर्दै मुरालाई २-१ को जित दिलाए ।
यस हारसँगै टोटेनहम समूह 'जी' को तेस्रो स्थानमा रहेको छ ।
टोटेनहमले ५ खेलमा ७ अंक जोडेको छ ।
मुरा ३ अंक जोडेर पुछारमा रहेको छ ।