काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले राल्फ राङनिकलाई अन्तरिम प्रशिक्षक नियुक्त गरेको छ ।
युनाईटेडले जर्मन प्रशिक्षक राल्फलाई अन्तरिम प्रशिक्षक नियुक्त गरेको द एथ्लेटिक्सले जनाएको छ ।
६३ वर्षीय प्रशिक्षकले युनाईटेडसँग ६ महिनाको सम्झौता गरेको बताईएको छ ।
प्रशिक्षक राल्फले पछिल्लो पटक जर्मन क्लब आरबी लाइपजिग हेरेका थिए । उनले सन् २०१९ मा टिम छाडेका थिए ।
ओले गन सोल्सारलाई बर्खास्त गरेपछि युनाईटेड पनि मुख्य प्रशिक्षक विहीन रहेको छ।
युनाईटेड मुख्य प्रशिक्षकको खोजीमा जुटिरहेको छ ।