काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले एर्नेष्टो भाल्भर्डेलाई अन्तरिम प्रशिक्षक नियुक्त गर्ने तयारी गरेको छ ।
युनाईटेडले अन्तरिम प्रशिक्षकका लागि भाल्भर्डेसँग कुराकानी गरेको गोल डटकमले जनाएको छ ।
स्पेनिस प्रशिक्षक भाल्भर्डे बार्सिलोना छाडेपछि क्लब विहीन रहेका छन् ।
यस्तै ओले गन सोल्सारलाई बर्खास्त गरेपछि युनाईटेड पनि मुख्य प्रशिक्षक विहीन रहेको छ ।
युनाईटेड मुख्य प्रशिक्षकको खोजीमा जुटिरहेको छ ।
पछिल्लो समय मउरिसो पोचेटिनो पीएसजी छाडेर म्यानचेस्टर आउने चर्चा थियो ।
तर, पोचेटिनो पीएसजीमै बस्ने भएका छन् ।