काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर एरिक म्याक्सिम मोटिङलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
बायर्नले बुधबार स्ट्राइकर मोटिङलाई कोरोना संक्रमण देखिएको जनाएको छ ।
कोरोना संक्रमण देखिएपछि उनी क्वारेन्टिन बसेको बायर्नले जनाएको छ ।
कोरोना संक्रमण देखिएपनि मोटिङलाई कुनैपनि समस्या नरहेको क्लबले जनाएको छ ।
मोटिङले कोभिड खोप समेत लगाएका छैनन् ।
मोटिङलाई संक्रमण देखिएपछि खोप नलगाएका अन्य खेलाडी समेत क्वारेन्टिनमा बसेको बताईएको छ ।