काठमाडौं । फ्रान्स तथा रियल मड्रिड क्लबका स्ट्राइकर करिम बेन्जिमा एकजना फ्रान्सेली फुटबल खेलाडीको यौन भिडियो राखेर ब्ल्याकमेल गरेको अभियोगमा दोषी ठहर गरिएको छ ।
एक न्यायाधिशले बुधबार बेन्जेमालाई एक वर्षको निलम्बित जेल सजाय सुनाएको तथा उनलाई ८४ हजार अमेरिकी डलर जरिवाना तिर्न आदेश दिए ।
म्याथ्यू भाल्वुएनासँग रकम असुली गर्ने प्रयास गरेको आरोपमा ३३ वर्षीय बेन्जिमा सहित पाँच जनामाथि मुद्दा चलाइएको थियो ।
यस विवादले फ्रान्सको फुटबल समुदायलाई स्तब्ध तुल्याएको छ भने दुबै खेलाडीले राष्ट्रिय टोलीमा आफ्नो स्थान गुमाएका थिए ।
सन् २०१५ मा दुबै खेलाडी फ्रान्स टिमको अभ्यासका क्रममा रहदा उक्त घटना भएको थियो ।
बन्द प्रशिक्षणमा हुदा बेन्जिमाले भाल्वुएनालाई ब्ल्याकमेलरलाई रकम दिन दबाब दिएका थिए ।
तर बेन्जिमाले उक्त आरोप अस्विकार गर्दै आफूले भाल्वुएनालाई यसबाट छुटकारा दिलाउन खोजेको दावी गर्दै आएका छन् ।