एजेन्सी।
कुनै पनि ठूलो क्लबमा मुख्य प्रशिक्षक पद खालि हुनु पर्छ, सबै खाले हल्लाहरू उडेर आइरहेका हुन्छन् ।
म्यानचेस्टर युनाइटेडबारे अहिले स्थिति यस्तै छ ।
क्लबले ओले गन सोल्सारलाई वर्खास्त गरेयता व्यवस्थापक पद खालि छ, यस्तोमा प्रश्न स्वभाविक हो, को आउने छ त त्यो पदमा ? अनि कहिले ?
अहिले एक प्रकारको त्रिकोणात्मक सम्भावनाको हल्ला छ, जसमा म्यानचेस्टर, पेरिस सेन्ट जर्मेन (पीएसजी) र दुई प्रशिक्षकका ठूला नाम संलग्न छन् ।
भन्नेहरूले के भनिरहेका छन् भने जिनेदिन जिदान पीएसजी जानेछन्, मउरिसो पोचेटिनो पीएसजी छाडेर म्यानचेस्टर आउने छन् । त्यसो त जिदान आफै म्यानचेस्टर आउने सम्भावना छ पनि भनिन्छ ।
तर जिदानले आफू म्यानचेस्टर नजाने संकेत गरिसकेका छन् ।
अब हुँदा हुँदा पोचेटिनोले पनि आफू म्यानचेस्टर नजाने संकेत गरेका छन् । उनले आफू पेरिसमै खुसी रहेको बताएका छन् ।
संयोग कस्तो भने अहिले उनी इंग्ल्यान्डमै छन्, त्यो पनि म्यानचेस्टरमै ।
यस्तो किनभने पीएसजीले च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीको सामना गर्दैछ ।
पोचेटिनाले सबैलाई सन् २०२३ सम्म पीएसजीसँग आफ्नो अनुबन्ध गरेको पनि सम्झाउन खोजेका छन् । उनी भन्छन्, ‘फुटबल भनेको वर्तमान को र म वर्तमानमा अहिले पीएसजीमा छुं ।’
यहाँनिर खालि एउटै तथ्य, सबैलाई फुटबल वर्तमान मात्र हो भनेर थाहा छ ।
सबैले के पनि बुझेका छन् भने फुटबलको भविष्यबारे केही पनि भन्न सकिन्न, जे पनि हुन सक्छ ।
–मिररको सहयोगमा ।