काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलमा जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा बायर्नले डेनामो किएभलाई २-१ ले हराएको हो ।
बायर्नको जितमा रोबर्ट लेवान्डोस्की र किङ्सले कोमानले एक एक गोल गरे ।
किएभका डेनिस हरमासले एक गोल फर्काए ।
खेलको १४ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै टिमलाई सुरुआती अग्रता दिलाएका थिए ।
४२ औं मिनेटमा कोमानले गोल गर्दै टिमको अग्रता २-० को बनाए ।

त्यसपछि खेलको ७० औं मिनेटमा किएभका हरमासले गोल गरेपनि बायर्न २-१ ले विजयी भयो ।
यससँगै बायर्नले समूह चरणमा लगातार पाँचौं जित निकालेको छ ।
बायर्न १५ अंक जोडेर समूह 'ई' को शीर्ष स्थानमा रहेको छ ।
बायर्नले यसअघि नै नकआउट चरणमा स्थान पक्का गरिसकेको छ ।
किएभ १ अंक जोडेर समूहको पुछारमा रहेको छ ।