काठमाडौं । स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलमा बराबरीमा रोकिएको छ ।
मंगलबार राति भएको खेलमा बार्सिलोनाले पोर्चुगिज क्लब बेन्फिकासँग गोलरहित बराबरी खेलेको हो ।
घरेलु मैदानमा पाएको मौकालाई सदुपयोग गर्न नसक्दा बार्सिलोनाले बेन्फिकासँग बराबरी खेल्दै अंक बाड्नु परेको हो ।
बेन्फिकाले पनि गोलको केहि मौका गुमाएको थियो ।

यस बराबरीसँगै बार्सिलोनाले नकआउट चरणमा पुग्न अन्तिम खेल कुर्नु पर्ने भएको छ ।
अन्तिम खेलमा बार्सिलोनाले बायर्न म्युनिखसँग प्रतिस्पर्धा गर्ने छ ।
बायर्न नकआउट चरणमा पुगिसकेको छ।
बार्सिलोना समूह 'ई' को दोस्रो स्थानमा रहेको छ ।
बार्सिलोनाले ५ खेलमा ७ अंक जोडेको छ ।
बेन्फिका ५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।