काठमाडौं । प्रिमियर लिग क्लब चेल्सीले च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लब युभेन्ट्सलाई पराजित गरेको छ ।
मंगलबार राति भएको खेलमा चेल्सीले युभेन्ट्सलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन ट्रिभोअ चालोवाह, रिस जेम्स, कलुम हड्सन ओडोइ र टिमो वेर्नरले एक एक गोल गरे ।
खेलको २५ औं मिनेटमा चालोवाहले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए ।
५५ औं मिनेटमा जेम्सले गोल गर्दा चेल्सीको अग्रता २-० को बन्यो ।

लगत्तै ५८ औं मिनेटमा कलुमले गोल गर्दा चेल्सीको अग्रता तेब्बर बन्यो ।
त्यसपछि खेलको इन्जुरी समयमा वेर्नरले गोल गर्दै चेल्सीलाई ४-० को जित दिलाए।
यस जितसँगै चेल्सीले ५ खेलमा १२ अंक जोडेको छ ।
चेल्सी समूह 'एच' को शीर्ष स्थानमा उक्लिएको छ ।
युभेन्ट्स १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
यस समूहबाट दुबै टिम नकआउट चरणमा पुगिसकेका छन् ।
