युनाईटेड नकआउट चरणमा

काठमाडौं । प्रिमियर लिग क्लब म्यानचेस्टर युनाईटेड च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको खेलमा स्पेनिस क्लब भिल्ला रियललाई २-० ले पराजित गर्दै युनाईटेड अन्तिम १६ मा पुगेको हो ।
भिल्लाको मैदानमा युनाईटेडलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो र जाडोन सान्चोले एक एक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७८ औं मिनेटमा रोनाल्डोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
यस गोलसँगै रोनाल्डोले व्यवसायिक खेल करिअरमा ७ सय ९९ सय गोल पूरा गरे ।
त्यसपछि खेलको ९० औं मिनेटमा सान्चोले गोल गर्दै युनाईटेडलाई २-० को जित दिलाए ।
जितपछि युनाईटेडका सहायक प्रशिक्षक माइकल क्यारिकले जित बर्खास्तमा परेका प्रशिक्षक ओले गुनार सोल्सायरलाई 'डेडीकेट' गरे।
जितसँगै समूह एफको युनाईटेडले ५ खेलमा १० अंक जोडेको छ ।
युनाईटेड शीर्ष स्थानमा रहेको छ ।
भिल्ला ७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।