बास्केटबल संघका पूर्व अध्यक्ष टेण्डीको निधन
बुधबार, ०८ मंसिर २०७८खेलपाटी संवाददाता

काठमाडौं । नेपाल बास्केटबल संघका पूर्व अध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ ।
लामो समयबाट अस्वस्थ्य रहेका ५० वर्षीय शेर्पाको बुधबार बिहान निधन भएको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व उपाध्यक्ष समेत रहेका शेर्पा पछिल्लो तीन वर्षदेखि नशा सम्बन्धी रोगबाट पीडित थिए ।
शेर्पाले आफ्नो रोगको उपचार अमेरिका, भारत र चीनमा गएर गराएका थिए । तर, रोग रोग भएको थिएन ।
शेर्पा नेपाल ओलम्पिक कमिटी (एनओसी) का पूर्व महासचिव समेत हुन्।










%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)


