काठमाडौं । डेनमार्क फिफा फेयर प्ले अवार्डको लागि मनोनयनमा परेको छ ।
फिफाले मंगलबार डेनमार्क फेयर प्ले अवार्डको लागि मनोनयनमा परेको जनाएको छ ।
युरोकप २०२० फुटबल दौरान हृदयघात भएर मैदानमा लडेका मिडफिल्डर क्रिस्टियन एरिक्सनको ज्यान बचाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको कारण डेनमार्क टिमका खेलाडी र मेडिकल टिमलाई अवार्डको लागि मनोनयन गरिएको हो ।
यस्तै अवार्डका लागि स्कटल्याण्डका मिडफिल्डर स्कट ब्राउन र वाट्फोर्डका मुख्य प्रशिक्षक क्लाउडियो रानिएरी मनोनयनमा परेका छन् ।