काठमाडौं । अर्जेन्टिनाका फरवार्ड लियोनल मेस्सीले मुख्य प्रशिक्षक जाभीले बार्सिलोनालाई अघि बढ्न मद्दत गर्ने बताएका छन् ।
मार्कासँग कुरा गर्दै मेस्सीले बार्सिलोनाबारे जाभीलाई सबैकुराको जानकारी रहेको कारण उनले क्लबलाई अर्को स्तरमा पुर्याउनेमा आफु विश्वस्त रहेको बताएका हुन् ।
'जाभी एक प्रशिक्षक हुन् जसलाई धेरै थाहा छ । जसलाई घर राम्रोसँग थाहा छ । उनी सानैदेखि सबै कुरा राम्ररी थाहा छ,' मेस्सीले भने, 'युवाहरूका लागि उनी धेरै महत्त्वपूर्ण व्यक्ति हुन् र उनी बार्सिलोनालाई धेरै अगाडि बढाउने व्यक्ति हुन् । मलाई कुनै शंका छैन ।'
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड मेस्सीले पूर्व सहकर्मीबारे पहिलो पटक बोलेका हुन् ।
मेस्सीले जाभीको कप्तानीमा बार्सिलोनाबाट खेलेका थिए ।
मेस्सी यसै सिजन पीएसजी आएका हुन् ।
सन्यासपछि जाभी प्रशिक्षकको रुपमा काम गरिरहेका छन् । बार्सिलोनाले गत महिना जाभीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।