एजेन्सी । इङ्ल्याण्डको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले तीन वर्षको सम्झौता नविकरण गरेका छन् ।
युरोकपको फाइनल गुमाएका साउथगेटले टिमसँग तीन वर्षको सम्झौता नविकरण गरेका हुन् ।
नयाँ सम्झौतासँगै साउथगेट कतार विश्वकपसम्म इङ्ल्याण्डको टिममा रहनेछन् ।
गत हप्तामात्र इङ्ल्याण्ड कतार विश्वकपमा छनोट भएको थियो ।
साउथगेटले इङ्ल्याण्डलाई दुई मुख्य उपाधिको सेमिफाइनलसम्म पुर्याएका थिए ।
साउथगेट मुख्य उपाधिको नजिक रहेका छन् । उनले युरो २०२० को फाइनल गुमाएका थिए ।
५१ वर्षिय प्रशिक्षकले वार्षिक ३ मिलियन पाउण्ड आम्दानी गर्दै आएका थिए ।
नयाँ सम्झौता अनुसार उनको तलबमा भारी वृद्धि गरिएको छ । उनले अब वार्षिक ५ मिलियन पाउण्ड प्राप्त गर्नेछन् । प्रर्दशन र उपाधिको बोनस थप जोडिनेछ ।
‘मलाई खुसी छ । मैले आफ्नो भुमिकामा रहने गरि सम्झौता थप गरेको छु ।’ उनले भनेका छन् ।
‘यस टिमको नेतृत्व गर्ने एक विशेषाधिकार रहेको छ । हाम्रो समक्ष एक राम्रो अवसर रहेको छ ।’ उनले थपेका छन् ।