काठमाडौं । हरी ओम श्रेष्ठले यू–१९ महिला राष्ट्रिय फुटबल टिमको जिम्मेवारी पाएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले श्रेष्ठलाई यू–१९ टिमको जिम्मेवारी दिएको हो ।
श्रेष्ठको नेतृत्वमा नेपालले बंगलादेशमा हुने साफ यू–१९ च्याम्पियनसिप खेल्नेछ ।
प्रतियोगिता डिसेम्बर ११ देखि २१ सम्म हुदैछ ।
श्रेष्ठले जिम्मेवारीसँगै ४० खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा बोलाएका छन् । टिमले सोमबारबाट एन्फा कम्प्लेक्स सातदोबाटोमा प्रशिक्षण समेत सुरु गरेको एन्फाले जनाएको छ ।
प्रारम्भिक टिम :
अन्जना राना मगर, लिला जोशी, पुजा थापा, अंकिता राई, सावित्री किशन, मञ्जु कुमारी खड्का, सलोनी राणामगर, सविना चौधरी, प्रतिक्षा चौधरी, गंगा कुमारी चौधरी, रोजिना श्रेष्ठ, विमला विक, प्रिया बस्नेत, गोमा रोकाया, खुस्मा राई, कुमारी तामाङ, सुस्मिता चौधरी
सुस्मा तामाङ, तुलासा बोहरा, हिमा रावत, सरला बज्राचार्य, मनिसा सेन, सुस्मा जिटी, सरस्वती रोकाया, सुरक्षा कुमारी सिंह, दिपा शाही, प्रिती कुलुङ राई, सविता राना मगर, सुनकला राई, रेनुका हमाल, अन्जली माचामासी, मेनुका आले मगर, रजनी थोकर, रश्मी कुमारी घिसिङ, सदिपा बोलान, चन्द्रा भण्डारी, कुशुम खतिवडा, अमिसा कार्की, सुनिता तामाङ र जेनिफर राना