काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले साविक विजेता मछिन्द्र फुटबल क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा मछिन्द्रले १-० को अग्रता बनाएको छ ।
खेलको १२ औं मिनेटमा सुनिल बलले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका हुन् । विशाल राईको पासमा उनले गोल गरे ।