काठमाडौं । डिसेम्बरमा बंगलादेमा हुने साफ यु–१९ महिला च्याम्पियनसीपको लागि ४० खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाइएको छ ।
प्रतियोगिता बंगलादेशमा डिसेम्बर ११ देखि २१ तारिखसम्म हुनेछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार हरी ओम श्रेष्ठलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको छ ।
मुख्य प्रशिक्षक श्रेष्ठले प्रारम्भिक चरणको प्रशिक्षणका लागि ४० जनालाई बोलाएका हुन् ।
नेपाली टोलीले एन्फा कम्पलेक्समा तयारी सुरु गरेको छ ।
नेपाली टोलीमा अन्जना राना मगर, लिला जोशी, पुजा थापा, अंकिता राई, सावित्री किशन, मञ्जु कुमारी खड्का, सलोनी राणामगर, सविना चौधरी, प्रतिक्षा चौधरी, गंगा कुमारी चौधरीलाई स्थान दिइएको छ ।
त्यसैगरी, रोजिना श्रेष्ठ, विमला विक, प्रिया बस्नेत, गोमा रोकाया, खुस्मा राई, कुमारी तामाङ, सुस्मिता चौधरी, सुस्मा तामाङ, तुलासा बोहरा, हिमा रावत, सरला बज्राचार्य, मनिसा सेन, सुस्मा जिटी, सरस्वती रोकायाले पनि मौका पाएका छन् ।
यता सुरक्षा कुमारी सिंह, दिपा शाही, प्रिती कुलुङ राई, सविता राना मगर, सुनकला राई, रेनुका हमाल, अन्जली माचामासी, मेनुका आले मगर, रजनी थोकर, रश्मी कुमारी घिसिङ, सदिपा बोलान, चन्द्रा भण्डारी, कुशुम खतिवडा, अमिसा कार्की, सुनिता तामाङ र जेनिफर राना रहेका छन् ।