काठमाडौं । म्यान्चेस्टर युनाइटेडका पूर्व मुख्य प्रशिक्षक ओले गन सोल्सारले युनाइटेडलाई व्यवस्थापन गर्न पाउँदा आफूलाई सम्मानित भएको बताएका छन् ।
इंग्लीस प्रिमियर लिग अन्तर्गत वाटफोर्डविरुद्ध ४–१ को पराजयसँगै सोल्सार आइतबार बर्खास्तीमा परेका थिए ।
तर सोल्सारले भने आफूले युनाइटेडको मुख्य प्रशिक्षकको रुपमा काम गर्न पाउनु आफ्ना लागि सम्मानित र विशेषाधिकारको रुपमा रहेको प्रतिक्रिया दिए ।
सोल्सारले भने क्लबलाई अर्को स्तरसम्म पुर्याउन नसक्नुको आफूले मूल्य तिरेको स्वीकार गरे ।
सोल्सारको स्थानमा पेरिस सेन्ट जर्मेनका मुख्य प्रशिक्षक माउरिसियो पोचेटिनो आउने बलियो सम्भावना रहेको बताइएको छ ।
हाल सोल्सारका सहायक प्रशिक्षक रहेका माइकल क्यारिकले आन्तरिम प्रशिक्षकको रुपमा कार्य गर्ने छन् ।
बर्खास्तीमा परेपछि पहिलो पटक सार्वजनिक रुपमा बोल्दै सोल्सारले युनाइटेडको मुख्य प्रशिक्षकको जिम्मेवारी पाएकोमा बोर्ड र मालिकलाई धन्यवाद दिदै यस्तो मौका जो कोही नपाउने बताए ।
सोल्सारले आफू क्लबमा आबद्ध हुनु भन्दा छाडेर जाने बेला पहिलाको भन्दा राम्रो अवस्थामा पुर्याएको विश्वास व्यक्त गरे ।