काठमाडौं । फ्रेन्च लिग वान फुटबल अन्तर्गत लियोन र मार्सेलीबिचको खेल स्थगित भएको छ ।
मार्सेलीका विंगर डिमित्री पायटमाथि बोतल प्रहार भएपछि खेल स्थगित भएको हो ।
खेलको पाँचौ मिनेट कर्नर प्रहार गर्ने क्रममा पायटमाथि बोतल प्रहार भएको थियो ।

त्यसपछि ड्रेसिङ रुम गएका मार्सेलीका खेलाडी मैदान फर्कन मानेनन् । र, करिब दुई घण्टापछि रेफ्रीले खेल स्थगित भएको घोषणा गरेको थियो ।
फ्रान्सेली विंगरमाथि दोस्रो पटक बोतल प्रहार भएको हो । यस अघि अगस्टमा निसबिरुद्धको खेलमा उनीमाथि बोतल प्रहार भएको थियो ।
मार्सेली २४ अंक जोडेर लिगको चौंथो स्थानमा रहेको छ ।
लियोन २० अंक जोडेर सातौं स्थानमा रहेको छ ।
