काठमाडौं । इटालियन सिरी 'ए' फुटबलमा इन्टर मिलानले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा इन्टरले शीर्ष स्थानको नापोलीलाई ३-२ गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा सुरुआती एक गोलको अग्रता उल्टाएर इन्टरले जित निकालेको हो ।
खेलको १७ औं मिनेटमा पिओटर जेलिनिस्कीले गोल गर्दै नापोलीलाई अग्रता दिलाएका थिए ।
२५ औं मिनेटमा हाकन काल्हानग्लुले पेनाल्टीमा गोल गर्दै इन्टरलाई १-१ गोलको बराबरीमा फर्काए ।

खेलको ४४ औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै इन्टरलाई २-१ को अग्रता दिलाए ।
६१ औं मिनेटमा लाउटरो मार्टिनेजले गोल गर्दै इन्टरलाई ३-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ७८ औं मिनेटमा मेर्टेन्सले गोल गरेपनि नापोली ३-२ ले पराजित भयो ।
इन्टरसँग पराजित भएपनि नापोली शीर्ष स्थानमा रहेको छ ।
नापोलीले १३ खेलमा ३२ अंक जोडेको छ ।
इन्टर २५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।