काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सहज जित निकालेको छ ।
आइतबार भएको खेलमा रियलले १० खेलाडीमा सिमित ग्रानडालाई ४-१ गोल अन्तरले हराएको हो ।
ग्रानडाको मैदानमा खेलको १९ औं मिनेटमा मार्कुस एसेन्सियोले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको २५ औं मिनेटमा नाचोले गोल गर्दै रियललाई २-० को अग्रता दिलाए ।

खेलको ३४ औं मिनेटमा लुइस सुआरेजले गोल गर्दै ग्रानडालाई २-१ को स्थितिमा ल्याए ।
५६ औं मिनेटमा भिनियस जुनियरले गोल गर्दै टिमको अग्रता ३-१ को बनाए ।
खेलको ६७ औं मिनेटमा मोन्चुले रातो कार्ड पाएपछि ग्रानडा १० खेलाडीमा समेटियो ।
त्यसपछि खेलको ७६ औं मिनेटमा फेर्लाण्ड मेन्डिले गोल गर्दै रियललाई ४-१ को जित दिलाए ।

यस जितसँगै रियल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
रियलले १३ खेलमा ३० अंक जोडेको छ ।
ग्रानडा ११ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।