काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ ।
आइतबार भएको खेलमा सिटीले एभर्टनमाथि ३-० गोलको जित निकालेको हो ।
घरेलु मैदानमा सिटीलाई जित दिलाउन रहिम स्ट्रर्लिङ, रोड्री र बेर्नार्डो सिल्भाले एक एक गोल गरे ।
खेलको ४४ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ५५ औं मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ८६ औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई ३-० को सहज जित दिलाए ।

जितसँगै सिटीले १२ खेलमा २६ अंक जोडेको छ ।
सिटी लिगको दोस्रो स्थानमा रहेको छ ।
एभर्टन १५ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
