काठमाडौं । म्यान्चेटस्टर युनाइटेडले मुख्य प्रशिक्षक ओले गन सोल्सारलाई बर्खास्त गरेको छ ।
क्लबको बोर्ड बैठकले सोल्सारलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।
इंग्लीस प्रिमियर लिग अन्तर्गत वाटफोर्डविरुद्ध ४–१ ले पराजित भएपछि आकस्मिकरुपमा बसेको बैठकले सोल्सारलाई बर्खास्त गर्ने निर्णय गरेको थियो।
तर सोल्सारले आपसी समझदारीमै राजिनामा दिएको वातावरण बनाउने बताइएको छ ।
उनको बर्खास्तीसँगै क्षतिपूर्ति तथा अन्य प्रक्रियाको बारेमा समेत छलफल भइसकेको बताइएको छ ।
सोल्सारले प्रिमियर लिग अन्तर्गत पछिल्ला पाँच मध्ये चार खेलमा पराजित भएपछि युनाइटेडका समर्थकहरु पनि उनीविरुद्ध खनिएका थिए ।
क्लबको प्रथम टिम प्रशिक्षक माइकल क्यारिक तथा टिमका टेक्निल निर्देशक ड्यारेन फ्लेचरलाई अन्तरिम प्रशिक्षक बनाइने जनाइएको छ ।
गत महिना नै युनाइटेडले लिभरपुलसँग ५–० को पराजय भोगेको थियो ।