काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले जित निकालेको छ ।
शनिबार राति भएको खेलमा युभेन्ट्सले लाजियोलाई २-० गोल अन्तरले हराएको हो ।
युभेन्ट्सको जितमा दुई गोल गरेका लियोनार्दो बोनुची नायक बने ।
खेलको २३ औं मिनेटमा बोनुचीले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सलाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ८३ औं मिनेटमा बोनुचीले पेनाल्टीबाटै व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई सहज जित दिलाए ।
जितसँगै युभेन्ट्सले १३ खेलमा २१ अंक जोडेको छ । युभेन्ट्स अंक तालिकाको सातौं स्थानमा रहेको छ ।
लाजियो २१ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।