काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सानदार जित निकालेको छ ।
शनिबार राति भएको खेलमा लिभरपुलले आर्सनललाई ४-० गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा खेलको ३९ औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ५२ औं मिनेटमा डिएगो जोटाले गोल गर्दै टोलीको अग्रता २-० को बनाए ।

७३ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुलको अग्रता ३-० को बनाए ।
त्यसपछि खेलको ७७ औं मिनेटमा टाकुमी मिनामिनोले गोल गर्दै लिभरपुललाई ४-० को जित दिलाए ।
जितसँगै लिभरपुलले १२ खेलमा २५ अंक जोडेको छ ।
लिभरपुल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
आर्सनल २० अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
