काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित निकालेको छ ।
शनिबार राति भएको खेलमा बार्सिलोनाले स्पानियोललाई १-० गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा मेम्फिस डिपेले निर्णायक गोल गरे ।
उनले खेलको ४८ औं मिनेटमा पेनाल्टीबाट गोल गरेका हुन् ।

यस जितसँगै मुख्य प्रशिक्षक जाभीले प्रशिक्षकको रुपमा बार्सिलोनामा सुखद सुरुआत गरेका छन् ।
बार्सिलोनाका पूर्व खेलाडी समेत रहेका जाभी गत महिना मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।
स्पानियोलविरुद्धको जितसँगै बार्सिलोना छैटौं स्थानमा उक्लिएको छ ।
बार्सिलोनाले १३ खेलमा २० अंक जोडेको छ ।
स्पानियोल १७ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।
