काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले जित निकालेको छ ।
शनिबार राति भएको खेलमा डर्टमण्डले स्टुटगार्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५६ औं मिनेटमा डोनएल मालेनले गोल गर्दै डर्टमण्डलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ६३ औं मिनेटमा रोबर्टो मास्सिमोले गोल गर्दै स्टुटगार्डलाई १-१ गोलको बराबरीमा फर्काए ।
त्यसपछि खेलको ८५ औं मिनेटमा मार्को रिउसले गोल गर्दै डर्टमण्डलाई २-१ को जित दिलाए ।
जितसँगै डर्टमण्डले १२ खेलमा २७ अंक जोडेको छ ।
डर्टमण्ड लिगको दोस्रो स्थानमा रहेको छ ।
स्टुटगार्ड १० अंक जोडेर १६ औं स्थानमा रहेको छ ।