काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ ।
शनिबार राति भएको खेलमा पीएसजीले नान्टेसलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा केलियन एमबाप्पेले दोस्रो मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।
खेलको ६५ औं मिनेटमा गोलकिपर केयलर नाभासले रातो कार्ड पाएपछि पीएसजी १० खेलाडीमा समेटियो ।

खेलको ७६ औं मिनेटमा रण्डाल कोलो मुआनीले गोल गर्दै नान्टेसलाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ८२ औं मिनेटमा नान्टेसका डेनिसले आत्मघाती गोल गरेपछि पीएसजी २-१ ले अघि रह्यो ।
त्यसपछि खेलको ८७ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पीएसजीलाई ३-१ को जित दिलाए । मेस्सीको यो पहिलो लिग वान गोल हो ।
जितसँगै पीएसजीले १४ खेलमा ३७ अंक जोडेको छ ।
पीएसजी शीर्ष स्थानमा रहेको छ ।
नान्टेस १८ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
