काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड पराजित भएको छ ।
शनिबार राति भएको खेलमा १० खेलाडीमा सिमित युनाईटेड वाट्फोर्डसँग ४-१ गोल अन्तरले पराजित भएको हो ।
वाट्फोर्डलाई जित दिलाउन जोसुवा किङ, स्माइल सार, जोआ पेड्रो र इम्मानुएल डेनिसले एक एक गोल गरे ।
युनाईटेडका डोनी भान डी विकले एक गोल फर्काए ।
खेलको २८ औं मिनेटमा किङले गोल गर्दै वाट्फोर्डलाई सुरुआती अग्रता दिलाएका थिए ।
४४ औं मिनेटमा सारले गोल गर्दै टिमको अग्रता २-० को बनाए ।

खेलको ५० औं मिनेटमा युनाईटेडका विकले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।
६९ औं मिनेटमा ह्यारी मग्वाएरले रातो कार्ड पाएपछि युनाईटेड १० खेलाडीमा समेटियो ।
खेलको इन्जुरी समयमा पेड्रोले गोल गर्दै वाट्फोर्डलाई ३-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको इन्जुरी समयकै डेनिसले गोल गर्दै वाट्फोर्डलाई ४-१ को जित दिलाए ।
यस जितसँगै वाट्फोर्डले १२ खेलमा १३ अंक जोडको छ ।
वाट्फोर्ड १६ औं स्थानमा उक्लिएको छ ।
युनाईटेड १७ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
यस हारसँगै युनाईटेडका मुख्य प्रशिक्षक ओले गुनार सोल्सायरमाथि दबाब थपिएको छ ।