काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग क्लब मछिन्द्र फुटबल क्लबलाई टी १० स्पोर्ट्सले प्रायोजन गरेको छ ।
साविक विजेता मछिन्द्रलाई किट्स पार्टनरको रुपमा टी १० ले प्रायोजन गरेको हो ।
मछिन्द्रले शुक्रबार टी १० को आधिकारिक विक्रेता भाट भटेनी होल्डीङ प्रालिसँग सम्झौता गरेको गरेको छ ।
यस अघि टी १० ले सातदोबाटो युथ क्लबलाई प्रायोजन गरेको थियो ।
यस्तै मछिन्द्रको फुटवेयर पार्टनर म्याजिक फुटवेयर रहेको जनाएको छ ।
'ए' डिभिजन लिग आज शुक्रबारबाट सुरु हुँदैछ ।
मछिन्द्रले सोमबार न्युरोट टिम (एनआरटी) विरुद्ध खेल्दै लिगको सुरुआत गर्नेछ ।