काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग क्लब मछिन्द्र फुटबल क्लबलाई पेपे पिज्जाले प्रायोजन गरेको छ ।
साविक विजेता मछिन्द्रले शुक्रबार पेपे पिज्जासँग प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको छ ।
मछिन्द्रलाई एक वर्षको लागि पेपे पिज्जाले प्रायोजन गरेको हो ।
मछिन्द्रले टिमको सह प्रायोजकमा एक्सेल सर्फ रहेको जनाएको छ ।
अनलाइन पार्टनर फोन पे रहेको क्लबले जनाएको छ ।
'ए' डिभिजन लिग आज शुक्रबारबाट सुरु हुँदैछ ।
मछिन्द्रले सोमबार न्युरोट टिम (एनआरटी) विरुद्ध खेल्दै लिगको सुरुआत गर्नेछ ।
यस्तै मछिन्द्रले शुक्रबार लिग खेल्ने टिम सार्वजनिक गरेको छ ।
मछिन्द्रले सुजल श्रेष्ठको कप्तानीमा लिग खेल्नेछ ।
टिमको मुख्य प्रशिक्षकमा प्रवेश कटवाल रहेका छन् ।