काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भारतमा आयोजना हुने फोर नेसन्स महिला फुटबल प्रतियोगितामा सहभागिता जनाउने भएको छ ।
डिसेम्बर ९ देखि २१ तारिखसम्म हुने प्रतियोगितामा नेपालले सहभागिता जनाउने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।
एसिया कपको तयारीमा रहेको भारतले घरेलु मैदानमा प्रतियोगिता आयोजना गर्दैछ ।
भारतले प्रतियोगिताका लागि दक्षिण एसियाली राष्ट्रबाहेक अन्य देशलाई समेत बोलाएको छ ।
पछिल्लो समय नेपालले एएफसी एसिया कप छनोट खेलेको थियो ।
एसिया कपको छनोट खेलर आएपछि नेपालको महिला फुटबल टिम निष्कृय बसेको छ ।
एन्फाले समेत महिला फुटबलको तुलनामा पुरुष फुटबललाई प्राथमिकतामा राख्दै आएको छ ।
अन्तराष्ट्र्रिय प्रतियोगिता नभएका कारण समेत महिला फुटबलले अपेक्षित गति लिन सकेको छैन ।