काठमाडौं । बढ्दो कोरोना भाइरस संक्रमित संख्याका कारण जर्मनीको फुटबलले गम्भिर समस्याहरुको सामना गरिरहेको छ ।
अधिकांश क्लबहरुलाई डर छ कि पुनः खेलहरु दर्शक विना बन्दा ढोका पछाडी खेलाइनेछन् ।
अहिलेको नियमका कारण खेलहरु संचालनमा समस्या उत्पन्न हुने चिन्ता बढ्दै गएको छ ।
तथाकथित कोरोना भाइरसको चौथो लहर देशभरी फैलिरहेको अवस्थामा संघीय राज्यहरुले छुट्टाछुट्टै नियमहरुले खेलकुद गतिविधिलाई प्रभावित पार्ने देखिन्छ ।
कोरोना भाइरसको संक्रमितको संख्या धेरै भएका संघीय राज्यहरु जस्तै साक्सोनीले एमेच्योर खेलहरुमाथि रोक लगाएको छ ।
नर्दन–राइन–वेस्टफालियाले केवल खोप लगाएका तथा निको भएका दर्शकहरुलाई मात्र खेल हेर्न अनुमति दिइएको छ ।
बोभारियाले एमेच्योर लिगले खेलहरु स्थगित गरिसकेका छन् ।
राज्य अनुसार विभिन्न खेलका लागि विभिन्न खाले नियमहरु बनाइएका छन् ।
राज्यको नियम अनुसार विभिन्न खेलकुदका क्लबहरुले लगभग हरेक हप्ता आफ्नो स्वच्छता अवधारणाहरु समायोजन गर्नुपर्ने हुन्छ ।
एमेच्योर खेलबाहेक, व्यावसायिक फुटबलले पनि समस्या झेलिरहेको छ ।
बाभारियन राज्यका प्रिमियर मार्कस सोडरले व्यावसायिक खेलाडीलाई अनिवार्यरुपमा खोप लगाउनुपर्ने माग राखे ।
बुन्डेसलिगाको १२ औं चरणको खेल प्रभावित नभएपनि त्यसपछिको खेलबारे अनिश्चितता छाएको छ ।
आरबि लेइपजिगले नोभेम्बर २८ मा लेभरकुसेनविरुद्धको खेलका लागि टिकेट विक्री बन्द गरेको छ ।
अधिकांश क्लबहरुलाई दर्शकविनाको खेल भए आर्थिक घाटा हुने चिन्ताले सताएको छ ।
अझ फुटबल खेलाडीहरुमा कोरोना भाइरस देखिन थालेपनि थप समस्या निम्त्याउने देखिएको छ ।
बायर्न म्युनिखका डिफेन्डर निकलास सुलेमा कोरोना भाइरस पोजेटिभ देखिएपछि क्लबका अधिकांश खेलाडीहरुलाई क्वारेन्टाइनमा बस्नुपरेको थियो ।