काठमाडौं । डच फुटबलर क्विन्सी प्रोम्सलाई परिवारको सदस्यमाथि हत्या प्रयासको आरोप लागेको छ ।
प्रोम्समाथि परिवारको सदस्यलाई छुरा प्रहार गर्दै हत्याको प्रयास र आक्रमणको अभियोगमा मुद्दा चलाईने भएको छ ।
स्पार्टक मस्कोका प्रोम्समाथि गत जुलाईमा पारिवारिक पार्टीमा भएको आक्रमणमा आफन्तको घुँडामा प्रहार गरेको आरोप छ ।
त्यस घटनापछि प्रहरीले प्रोम्सलाई पक्राउ गरी दुई रात हिरासतमा समेत राखेको थियो ।
२९ वर्षीय मिडफिल्डरले भने आरोप अस्वीकार गर्दै आएका छन् ।