सोमबार, १२ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Bhat Bhateni Supermarket Ad

'ए' डिभिजन लिग : के भन्छन् कप्तान र प्रशिक्षक ?

बिहिबार, ०२ मंसिर २०७८खेलपाटी संवाददाता
'ए' डिभिजन लिग : के भन्छन् कप्तान र प्रशिक्षक ?
mustang rice ad

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल भोलि शुक्रबारबाट सुरु हुँदैछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार पत्रकार सम्मेलन गर्दै लिगको सम्पूर्ण तयारी सकिएको जनाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

उद्घाटन खेल फ्लड लाइटमा खेलाईने छ । उक्त खेल अपरान्ह ४:४५ बजे सुरु हुनेछ ।

दोस्रो दिनबाट हरेक दिन दुई खेलहरु हुने छन् ।

कुल ९१ खेल हुने लिगमा 'ए' डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गर्ने छन् ।

यस पटकको लिगको पुछारका दुई टिम रेलिगेसनमा पर्दै 'बी' डिभिजनमा झर्ने छन् ।

अघिल्लो सिजनको उपाधि मछिन्द्र क्लबले जितेको थियो ।

यस पटकको लिग विजेताले ७५ लाख पाउने छन् ।

यस्तै उपविजेताले ५० लाख प्राप्त गर्दा तेस्रो हुनेले २५ लाख पाउने छन् ।

हरेक खेलको विजेताले ५० हजार पाउने छन् । खेल बराबरीमा सकिए दुबै टोलीले २५/२५ हजार पाउने छन् ।

लिगको पूर्व सन्ध्यामा सहभागी टिमका प्रशिक्षक र कप्तानले आफ्नो टोलीको तयारीबारे जानकारी दिएका छन् ।

प्रि-म्याच कन्फरेन्समा बोल्दै लिग खेल्ने अधिकांस टिमका प्रशिक्षक र कप्तानले मुख्य लक्ष्य उपाधि जित्नु रहेको बताएका छन् ।  

के भन्छन् कप्तान र प्रशिक्षक ?

प्रवेश कटुवाल : मछिन्द्र फुटबल क्लब (प्रशिक्षक)

पक्कै पनि डिफेन्डिङ च्याम्पियन भएर नै बलियो भएको हो । त्यसमाथि हामीले दुई चारजना युवा बलिया खेलाडी थपेका कारणले पनि बलियो देखिएको हो । पक्कै पनि उपाधि जोगाउनै गाह्रो हुन्छ भनेर फरवार्ड लाइनमा अलि बढी खेलाडी राखेका छौ ।

सुजल श्रेष्ठ : मछिन्द्र क्लब (कप्तान)

लिग जित्न गाह्रो छ । यस पटक उपाधि जोगाउनेछौ ।

राजेन्द्र तामाङ : मनाङ मर्स्याङ्दी क्लब (प्रशिक्षक)

तयारी कात्तिक ३ गतेबाट सुरु गरेको र धेरै कुराको कन्सिडर गरेर अघि बढेका छौँ । टिममाथि दवाव पनि छ । तर टिम राम्रो छ । उपाधि जित्नकै लागि तयारी भएको छ ।

विमल राना : मनाङ मर्स्याङ्दी क्लब  (कप्तान)

टिम राम्रो छ । गत सिजनमा भाग्यले साथ दिएन । यस पटक अघिल्ला गल्तिहरु सुधारेर अघि बढ्छौ । उपाधि जित्ने उदेश्य रहेको छ ।

उर्जन श्रेष्ठ : थ्री स्टार क्लब (प्रशिक्षक)

लक्ष्य लिगको उपाधि जित्ने हो । सहभागि सबै टिम बलिया छन् । अन्य टिमको प्रदर्शन हेरेरै थाहा हुन्छ ।

बिक्रम लामा : थ्री स्टार क्लब (कप्तान)

तयारी राम्रो छ । टेक्निकल्ली तथा फिजिकल्ली हाम्रो तयारी राम्रो छ । टिमले प्रदान गरेको सुविधामा सन्तुष्ट छौ ।

विष्णु गुरुङ : संकटा क्लब (प्रशिक्षक)

सबै टिमको तयारी राम्रै भएको छ । हाम्रो तयारी पनि राम्रो छ । हाम्रो लक्ष्य भनेको प्रत्येक दिनको प्रदर्शनको आधारमा निर्धारण हुन्छ ।

रवि सिलवाल : संकटा क्लब (कप्तान)

छोटो समयमा राम्रो तयारी भएको छ । आफ्नै मैदान भएर तयारी गर्न सजिलो भएको छ । यस पटक राम्रो परिणाम आउनेमा आशावादी छु ।

बालगोपाल साहुखल : च्यासल युथ क्लब (प्रशिक्षक)

टोलीमा युवा खेलाडीहरु छन, इनरजेटिक खेलाडीहरु छन् । टिम विल्डअपमा काम गरिरहेको छु । टिमबाट धेरै अपेक्षा छैन । लिगको मध्यसम्म पुग्ने लक्ष्य छ । च्यासलमा सन्तोष साहुखल पनि जोडिनेछन् तर अहिल्यै उनी आउदैनन ।

विराज महर्जन : च्यासल युथ क्लब (कप्तान)

टिममा युवा खेलाडीहरु छन् । लिग चुनौतिपूर्ण नै छ । तर सबैकुरालाई मिलाएर अघि बढिरहेको छौ । शीर्ष चारसम्म पुग्ने लक्ष्य छ ।

सनोज श्रेष्ठ : ब्रिगेड ब्वाईज क्लब (प्रशिक्षक)

पहिला भन्दा राम्रो प्रदर्शन गर्ने योजना छ । राम्रो फुटबल खेल्ने छौ ।

अनिल गुरुङ : ब्रिगेड ब्वाईज क्लब  (कप्तान) पहिला भन्दा राम्रो टिम छ । युवा खेलाडीहरु छन् । नतिजा राम्रो हुन्छ होला ।

अनन्तराज थापा : नेपाल पुलिस क्लब (प्रशिक्षक)

हामी जहिले पनि तयार छौ । हाम्रो नियमित अभ्यास हुन्छ । यसका लागि हामी तीन चार महिनादेखि तयारी गरिरहेका छौ । विभागिय टोलीको लक्ष्य जहिले पनि उपाधि जित्ने नै हुन्छ । यस पटक युवा खेलाडीहरु छन् केही सरप्राइज हुन सक्छ । अरु टिमले विदेशी खेलाडी राख्दा हाम्रो नियमित तयारीले त्यसलाई म्याच गर्न सक्छ होला ।

राम वाजी : नेपाल पुलिस क्लब (कप्तान)

तयारी नियमित रुपमा भइरहेको छ र तयारी राम्रो छ । पहिलो पटक कप्तान बन्दा जिम्मेवारी बढेको छ । लक्ष्य उपाधि जित्ने नै हो तर शीर्ष तीन स्थानमा रहनुनै हो ।

राजु तामाङ :  त्रिभुवन आर्मी क्लब (प्रशिक्षक)

तयारी राम्रो छ । लक्ष्य भनेको उपाधि जित्नु नै हो । नवयुग श्रेष्ठ घाइते भएपनि दवाव बढेको छ । तर अरु राम्रा खेलाडीहरु पनि छन् । जगजित श्रेष्ठ पनि आइरहेको छ र उसको अभ्यास हेरेर निर्णय लिन्छौ ।

भरत खवास :  त्रिभुवन आर्मी क्लब (कप्तान)

तयारी राम्रो छ । नवयुग भएन भने पक्कै पनि समस्या हुन्छ तर यो अरु खेलाडीको लागि मौका पनि हुन सक्छ । लक्ष्य भनेको लिगको च्याम्पियन बन्ने हो । अघिल्ला कमिकमजोरी सुधारेर अगाडी बढ्ने हो ।

मृगेन्द्र प्रसाद मिश्र : फ्रेन्ड्स क्लब (प्रशिक्षक)

हामीले ४० दिन जतिको अभ्यास गरेका छौ । हाम्रो पहिलो उदेश्य भनेको सुरक्षित हुने, रेलिगेसनबाट बच्ने अनि त्यपछि छैठौ सातौसम्म आउने रहेको छ । सात्तदोबाटो बलियो छ, नयाँ क्लब र नयाँ जोसका साथ आएको छ ।

सुरज विक : फ्रेन्ड्स क्लब (कप्तान)

लिगमा सहभागि सबै टिममाथि दवाव छ । हामी सम्हालेर मैदानमा उत्रने छौ । टिम राम्रो छ राम्रो प्रदर्शन गर्ने अपेक्षा गरेका छौ ।

किशोर केसी : जावलाखेल युथ क्लब (प्रशिक्षक)

चौथोंसम्म हुने लक्ष्य रहेको छ । र त्यो भन्दा माथि पुग्ने लक्ष्य पनि राखेका छौ । टिममा विदेशी खेलाडीहरु पनि छन र टिम बलियो छ ।

कुलदिप कार्की : जावलाखेल युथ क्लब (कप्तान)

हामी मानसिकर शारीरिक रुपमा तयार छौ । मनाङसँग डर छैन, हामी त्यसका लागि तयार छौ । हामीमाथि दवाव छैन, मनाङलाई कडा टक्कर दिन्छौ ।

राजकाजी शाक्य : न्यूरोड टिम (एनआरटी)(प्रशिक्षक)

हामीलाई अभ्यास गर्ने मैदानको समस्या छ । हामीले अभ्यास गर्ने मैदान कडा छ । हाम्रोमा ट्रायलबाट धेरै खेलाडी आएका छन् र तयारी समय कम भयो । तर हाम्रो तयारी राम्रो छ । उत्कृष्ट प्रदर्शन गर्ने तथा उपाधिका लागि प्रयास गर्नेछौ । सकेसम्म शीर्ष चारमा पुग्ने छौ ।

अजित प्रजापति : न्यूरोड टिम (कप्तान)

टिम राम्रो बनेको छ । केही समयको अन्तरालपछि तयारी राम्रो भइरहेको छ । टिममा युवा तथा विदेशी खेलाडीहरु छन् ।

कुमार थापा : नेपाल एपिएफ क्लब (प्रशिक्षक)

पुरानो रेकर्डलाई सुधार गर्ने प्रयास हुनेछ । १२ बाट आठौ स्थानमा आउने लक्ष्य रहेको छ । टिमको पुरानो ढाचामा सामान्य परिवर्तन गर्नेछौ ।

टोप बहादुर विष्ट : नेपाल एपिएफ क्लब (कप्तान)

तीन महिना तयारी गरेका छौ । तयारी राम्रो छ । चार देखि आठौं स्थानसम्म आउने प्रयास हुनेछ ।

मेघराज केसी : सातदोबाटो युथ क्लब (प्रशिक्षक)

पहिलो पटक लिग खेल्दैछौ र टिमलाई यसको खासै ज्ञान पनि छैन । हामी लिगलाई अरुजस्तो लिदैनौ । हामीले मेहनत गरेका छौ अनुभवलाई प्रयोग गरेर राम्रो नतिजा ल्याउने प्रयास गर्नेछौ । सुरुवाती खेल सिक्ने मौका हुनेछ ।

मान बहादुर तामाङ : सातदोबाटो युथ क्लब (कप्तान)

चुनौतीको रुपमा लिएको छु । यो आफूलाई प्रमाणित गर्ने अवसर पनि हो । अरु खेलाडीहरुसँग अनुभव साट्ने छु । टिमको विदेशी खेलाडीहरुले युवा खेलाडीलाई मोटिभेट गर्नेछन् ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

साफ फुटसल च्याम्पियनसिप : उपाधि हात पार्ने लक्ष्यमा नेपाल

साफ फुटसल च्याम्पियनसिप : उपाधि हात पार्ने लक्ष्यमा नेपाल

सम्पादकीय : ताजा जनादेशबाट निकास देऊ

सम्पादकीय : ताजा जनादेशबाट निकास देऊ

हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज

हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज

Bajaj Pulsar Motorcycle Ad
  एरिकालाई ऐतिहासिक रजत पदक

एरिकालाई ऐतिहासिक रजत पदक

फाकुनलेको दुई गोलसँगै चर्च ब्वाइजको दोस्रो जित

फाकुनलेको दुई गोलसँगै चर्च ब्वाइजको दोस्रो जित

पर्वतको लगातार दोस्रो जित

पर्वतको लगातार दोस्रो जित

साफ यु–२० च्याम्पियनसिप : नेपाल सहज समूहमा

साफ यु–२० च्याम्पियनसिप : नेपाल सहज समूहमा

एपीएफको रोमाञ्चक जित

एपीएफको रोमाञ्चक जित

पूर्णिमा र मीनालाई समेट्दै प्रारम्भिक नेपाली यु–२० टोली घोषणा

पूर्णिमा र मीनालाई समेट्दै प्रारम्भिक नेपाली यु–२० टोली घोषणा

राष्ट्रिय यु–२० को टोलीमा फर्किए यमप्रसाद

राष्ट्रिय यु–२० को टोलीमा फर्किए यमप्रसाद

माल्दिभ्सलाई १४ गोल हान्दै बंगालदेशले जित्यो साफ फुटसलको उपाधि

माल्दिभ्सलाई १४ गोल हान्दै बंगालदेशले जित्यो साफ फुटसलको उपाधि