काठमाडौं । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि १३ राष्ट्रको टुंगो लागेको छ ।
विश्वकप छनोटबाट आयोजक कतारसहित १३ राष्ट्रले विश्वकपमा स्थान पक्का गरेको हो ।
कतार विश्वकपमा अब १९ राष्ट्र छनोट हुन बाँकी रहेको छ ।
हालसम्म छनोट हुने राष्ट्रमा कतार, फ्रान्स, जर्मनी, डेनमार्क, ब्राजिल, बेल्जियम क्रोएसिया र स्पेन रहेका छन् ।
यस्तै सर्बिया, स्विट्जरल्यान्ड, इंग्ल्यान्ड, नेदरल्यान्ड्स र अर्जेन्टिना समेत छनोट भईसकेको छ ।
