बुधबार, २३ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

राखेपका ५ बोर्ड सदस्यले बुझाए स्पष्टिकरण

मंगलबार, ३० कार्तिक २०७८खेलपाटी संवाददाता
राखेपका ५ बोर्ड सदस्यले बुझाए स्पष्टिकरण
Loading ad...
mustang rice ad

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का ५ जना बोर्ड सदस्यले स्पष्टिकरण बुझाएका छन् ।

मंगलबार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा पुगेर राखेपका ५ जना बोर्ड सदस्यले स्पष्टिकरण पत्र बुझाएका हुन् ।

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले पदीय जिम्मेवारी पुरा नगरेको र खेलकुदमा योगदान पुर्याएको नदेखिएको आरोप सहित पदबाट किन नहटाउने भन्दै सफाईको मौका सहित स्पष्टिकरण सोधेका थिए ।

तीन दिनभित्र स्पष्टिकरण पेश गर्न भन्दै गत शुक्रबार मन्त्रालयले ९ जना बोर्ड सदस्यलाई पत्र काटेको थियो । आईतबार मात्र पत्र बुझेका ५ बोर्ड सदस्यले मन्त्रालयमा स्पष्टिकरण बुझाएका छन् ।

खेल बिज्ञको रुपमा मनोनित रिम रानाभाट र खेलकुद संघबाट मनोनित सुवर्ण श्रेष्ठ, रेनुका नगरकोटी, सम्पन्न श्रेष्ठ, सुभास श्रेष्ठले मंगलबार स्पष्टिकरण बुझाएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

बिज्ञको रुपमा मनोनित इन्दिरा निरौला, खेल संघबाट मनोनित अर्जुृन केसी, उद्योग वाणिज्य महासंघबाट प्रतिनिधिको रुपमा मनोनित गोपाल खनाल र पर्वतीय तथा शाहसीक खेलकुदबाट प्रतिनिधित्व गर्दै मनोनित गोबिन्द भट्टराईले स्पष्टिकरण बुझाउन बाँकी छ । बुधबार बाँकी ४ जना बोर्ड सदस्यले स्पष्टिकरण बुझाउने तयारी गरेका छन् ।

खेलकुद मन्त्री गहतराजले परिषद्को अध्यक्षको हैसियतमा मनोनित गरिएका ९ जना बोर्ड सदस्यलाई स्पष्टिकरण सोधेका थिए ।

बोर्ड सदस्यलाई एक तिहाई सदस्यले राखेपको बोर्ड बैठक बोलाउन अध्यक्ष समक्ष लिखित अनुरोध गर्न सक्ने प्रावधान हुँदा हुँदै पनि खेलकुदको विकास र विकासमा उदासिन देखिएको, कुनै ठोस कार्य योजना प्रस्तुत गरेको नदेखिएको र राखेपको हितमा योगदान पुर्याएको नदेखिएको तीन आरोप सहित मन्त्रालयले स्पष्टिकरण सोधेको थियो ।

राखेपका बोर्ड सदस्य रिम रानाभाटले मंगलबार मन्त्रालय समक्ष स्पष्टिकरण पत्र बुझाईएको खेलपाटीलाई बताए ।

उनले राजनीतिक पूर्वाग्रहको हिसाबले स्पष्टिकरण सोधएको उल्लेख गर्दै बर्खास्त गर्नका लागि सफाईको मौका दिने जस्तो देखिएको बताए । 

‘दोष आफ्नो, तर अरुलाई लगाउने जस्तो देखियो । नियुक्ति भएपछि ६ मन्त्री फेरिए । मन्त्रीको स्थायीत्व नभएको अवस्था रह्यो । कोभिडले गर्दा राज्यले लामो समय लकडाउन गर्यो । यसमा बोर्ड सदस्यको दोष देखिदैन ।’ उनले भने ।

उनले सदस्यको पदीय जिम्मेवारी खेलकुद ऐनले स्पष्ट पारेको उल्लेख गर्दै स्पष्टिकरण पत्रमा पूर्वाग्रही महशुश भएको बताए ।

नयाँ सरकार बनेसँगै कात्तिक १ गते राखेप सदस्य सचिवलाई पदबाट मुक्त गरिएको थियो । सरकारको निर्णयविरुद्ध सिलवाल कात्तिक २५ गते सर्वोच्च अदालत गएका छन् । सरकारले सदस्य सचिव अदालत भएको चार दिनपछि ९ बोर्ड सदस्यलाई स्पष्टिकरण सोधेको हो ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

इरानको सट्टा विश्वकप खेल्ला इटाली ?

इरानको सट्टा विश्वकप खेल्ला इटाली ?

प्रभावशाली लयमा फर्किएको बायर्न

प्रभावशाली लयमा फर्किएको बायर्न

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
आर्सनलका २४ वर्षीय नायक साका

आर्सनलका २४ वर्षीय नायक साका

चोट बोकेका एमबाप्पे नायिकासँग इटाली घुम्न पुगे

चोट बोकेका एमबाप्पे नायिकासँग इटाली घुम्न पुगे

गुल्शन चम्किएसँगै ओमानमाथि नेपालको बदला

गुल्शन चम्किएसँगै ओमानमाथि नेपालको बदला

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

शेख दाजु भाइको सानदार ब्याटिङ

शेख दाजु भाइको सानदार ब्याटिङ

लगातार बेञ्चमा कुशल

लगातार बेञ्चमा कुशल

करण र आसिफ आए, सोमपाल र भीम बाहिरिए

करण र आसिफ आए, सोमपाल र भीम बाहिरिए

नेपालले जित्यो

नेपालले जित्यो