• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
राखेपका ५ बोर्ड सदस्यले बुझाए स्पष्टिकरण
खेलपाटी संवाददाता
मंगलबार, कात्तिक ३०, २०७८ खेलपाटी संवाददाता
राखेपका ५ बोर्ड सदस्यले बुझाए स्पष्टिकरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का ५ जना बोर्ड सदस्यले स्पष्टिकरण बुझाएका छन् ।

मंगलबार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा पुगेर राखेपका ५ जना बोर्ड सदस्यले स्पष्टिकरण पत्र बुझाएका हुन् ।

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले पदीय जिम्मेवारी पुरा नगरेको र खेलकुदमा योगदान पुर्याएको नदेखिएको आरोप सहित पदबाट किन नहटाउने भन्दै सफाईको मौका सहित स्पष्टिकरण सोधेका थिए ।

तीन दिनभित्र स्पष्टिकरण पेश गर्न भन्दै गत शुक्रबार मन्त्रालयले ९ जना बोर्ड सदस्यलाई पत्र काटेको थियो । आईतबार मात्र पत्र बुझेका ५ बोर्ड सदस्यले मन्त्रालयमा स्पष्टिकरण बुझाएका छन् ।

खेल बिज्ञको रुपमा मनोनित रिम रानाभाट र खेलकुद संघबाट मनोनित सुवर्ण श्रेष्ठ, रेनुका नगरकोटी, सम्पन्न श्रेष्ठ, सुभास श्रेष्ठले मंगलबार स्पष्टिकरण बुझाएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

बिज्ञको रुपमा मनोनित इन्दिरा निरौला, खेल संघबाट मनोनित अर्जुृन केसी, उद्योग वाणिज्य महासंघबाट प्रतिनिधिको रुपमा मनोनित गोपाल खनाल र पर्वतीय तथा शाहसीक खेलकुदबाट प्रतिनिधित्व गर्दै मनोनित गोबिन्द भट्टराईले स्पष्टिकरण बुझाउन बाँकी छ । बुधबार बाँकी ४ जना बोर्ड सदस्यले स्पष्टिकरण बुझाउने तयारी गरेका छन् ।

खेलकुद मन्त्री गहतराजले परिषद्को अध्यक्षको हैसियतमा मनोनित गरिएका ९ जना बोर्ड सदस्यलाई स्पष्टिकरण सोधेका थिए ।

बोर्ड सदस्यलाई एक तिहाई सदस्यले राखेपको बोर्ड बैठक बोलाउन अध्यक्ष समक्ष लिखित अनुरोध गर्न सक्ने प्रावधान हुँदा हुँदै पनि खेलकुदको विकास र विकासमा उदासिन देखिएको, कुनै ठोस कार्य योजना प्रस्तुत गरेको नदेखिएको र राखेपको हितमा योगदान पुर्याएको नदेखिएको तीन आरोप सहित मन्त्रालयले स्पष्टिकरण सोधेको थियो ।

राखेपका बोर्ड सदस्य रिम रानाभाटले मंगलबार मन्त्रालय समक्ष स्पष्टिकरण पत्र बुझाईएको खेलपाटीलाई बताए ।

उनले राजनीतिक पूर्वाग्रहको हिसाबले स्पष्टिकरण सोधएको उल्लेख गर्दै बर्खास्त गर्नका लागि सफाईको मौका दिने जस्तो देखिएको बताए । 

‘दोष आफ्नो, तर अरुलाई लगाउने जस्तो देखियो । नियुक्ति भएपछि ६ मन्त्री फेरिए । मन्त्रीको स्थायीत्व नभएको अवस्था रह्यो । कोभिडले गर्दा राज्यले लामो समय लकडाउन गर्यो । यसमा बोर्ड सदस्यको दोष देखिदैन ।’ उनले भने ।

उनले सदस्यको पदीय जिम्मेवारी खेलकुद ऐनले स्पष्ट पारेको उल्लेख गर्दै स्पष्टिकरण पत्रमा पूर्वाग्रही महशुश भएको बताए ।

नयाँ सरकार बनेसँगै कात्तिक १ गते राखेप सदस्य सचिवलाई पदबाट मुक्त गरिएको थियो । सरकारको निर्णयविरुद्ध सिलवाल कात्तिक २५ गते सर्वोच्च अदालत गएका छन् । सरकारले सदस्य सचिव अदालत भएको चार दिनपछि ९ बोर्ड सदस्यलाई स्पष्टिकरण सोधेको हो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सिकेर फर्किने कि जितेर?
सिकेर फर्किने कि जितेर?
नेपाली महिला टोलीको कप्तान को?
नेपाली महिला टोलीको कप्तान को?
मिसन एसियन कप !
मिसन एसियन कप !
लयमा फर्किएका हुन् सन्दीप ?
लयमा फर्किएका हुन् सन्दीप ?
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
जुझारु टिम, थाकेको नेतृत्व
जुझारु टिम, थाकेको नेतृत्व
कीर्तिमानी स्पेन
कीर्तिमानी स्पेन
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP