काठमाडौं । सर्बियाले सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपमा स्थान पक्का गरेको छ ।
युरोपियन छनोट अन्तर्गत आइतबार राति पोर्चुगललाई २-१ गोलले हराउँदै सर्बियाले विश्वकपमा स्थान पक्का गरेको हो ।
पोर्चुगलको मैदानमा सुरुआती एक गोलको अग्रता उल्टाएर सर्बियाले जित निकालेको हो ।
खेलको दोस्रो मिनेटमा रेनेटो सान्चेसले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको ३३ औं मिनेटमा डुसान टाडिकले गोल गर्दै सर्बियालाई १-१ गोलको बराबरीमा फर्काए ।
त्यसपछि खेलको ९० औं मिनेटमा एलेक्सजेण्डर मिट्रोभिकले गोल गर्दै सर्बियालाई २-१ को रोमान्चक जित दिलाए ।
यस जितसँगै समूह ए को सर्बियाले ८ खेलमा २० अंक जोडेको छ । र, शीर्ष स्थानमा रहदै विश्वकपमा छनोट भएको हो ।
पोर्चुगल १७ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ ।

पोर्चुगलको समेत विश्वकपमा छनोट हुने सम्भावना रहेको छ ।
अब पोर्चुगलले प्ले अफ खेल खेल्नेछ ।
यसै समूहको अर्को खेलमा आयरल्याण्डले लक्जमवर्गलाई ३-० ले हराएको छ ।
