काठमाडौं । स्पेनले सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपमा स्थान पक्का गरेको छ ।
युरोपियन छनोट अन्तर्गत आइतबार राति स्विडेनलाई १-० गोलले हराउँदै स्पेन विश्वकपमा छनोट भएको हो ।
स्पेनको जितमा अल्भारो मोराटाले निर्णायक गोल गरे ।
घरेलु मैदानमा मोराटाले खेलको ८६ औं मिनेटमा ओल्मोको पासमा गोल गरेका थिए ।

यससँगै स्पेन लगातार १२ औं पटक विश्वकपमा छनोट भएको हो ।
स्विडेनको समेत विश्वकपमा छनोट हुने सम्भावना रहेको छ ।
यस जितसँगै समूह बी को शीर्ष स्थानमा रहेको स्पेनले ८ खेलमा १९ अंक जोडेको छ ।
स्विडेन १५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
यसै समूहको अर्को खेलमा ग्रीस र कोसोभोले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।
