काठमाडौं । फ्राङ्क लाम्पार्ड नर्विच सिटीको मुख्य प्रशिक्षकको दौडबाट बाहिरिएका छन् ।
डेनियल फार्केको प्रतिस्थापनको रुपमा हेरिएका लाम्पार्ड प्रशिक्षकको दौडबाट बाहिरिएका हुन् ।
इङ्ल्याण्डका पूर्व खेलाडी लाम्पार्ड यस हप्ताको सुरुवातमा नर्विचसँग जोडिएका थिए ।
लाम्पार्ड सहित केही प्रशिक्षकको सूचि नर्विचले बनाएको छ । जसमा एस्टन भिल्लाबाट बर्खास्तमा परेको प्रशिक्षक डेन स्मिथ समेत सामेल छन् ।
लण्डन क्लबमा झण्डै १८ महिना बिताएका लाम्पार्ड अघिल्लो वर्षको जनवरीबाट जिम्मेवारी विहीन छन् ।
नर्विच प्रिमियर लिगका पुछारमा छ । क्लबले पछिल्ला ११ खेलमा मात्र ५ अंक जोडेको छ । नर्विचले प्रिमियर लिगका अर्को खेल नोभेम्बर २० मा साउथह्याम्टनविरुद्ध खेल्दैछ ।
गत शनिबार ब्रेन्टफोर्डविरुद्ध सिजनको पहिलो जित दर्ता गराएका फार्के लगत्तै बर्खास्तीमा परेका थिए ।
क्लबका खेलाडी गत शुक्रबारबाटै अभ्यासमा फर्किएका छन् । फुटबल विकास प्रमुख स्टेभ विभरले अभ्यास सत्र सञ्चालन गरिरहेका छन् ।
लाम्पार्डले चेल्सीलाई पहिलो सिजनमै लिगको शीर्ष चार र एफ ए कपको फाइनलसम्म पुर्याएका थिए । तर दोस्रो सिजन खराब प्रर्दशनका कारण उनी बर्खास्तीमा परेका थिए ।
लाम्पार्डले पहिलो सिजन खेलाडी अनुबन्धमा लागेको प्रतिबन्धका कारण खेलाडी किन्न पाएनन् । तर दोस्रो सिजन उनले २ सय मिलियन पाउण्ड रकम खर्च गरेका थिए । उनले लेस्टर सिटीबाट ४५ मिलियन पाउण्डमा वेन चिलवेकदेखि बायर लिभरकुसनबाट काइ हभार्टजलाई ७१ मिलियन पाउण्डमा किनेका थिए ।
लाम्पार्डले चेल्सी अघि च्याम्पियनसिप क्लब डर्बी हेरेका थिए । उनले टिमलाई च्याम्पियनसिपको प्लेअफसम्म पुर्याए । अन्तिममा क्लब एस्टन भिल्लासँग पराजित बनेको थियो ।
एस्टन भिल्लाले गत आईतबार स्मिथलाई बर्खास्त गरेको थियो । उनी अहिले अमेरिकामा बिदा मनाईरहेका छन् । उनी जानु अघि नर्विचसँग कुरा गरेको बुझिएको छ ।
ब्रेन्टफोर्डका पूर्व प्रशिक्षक लगातार पाँच खेलमा पराजित बनेपछि बर्खास्तीमा परेका थिए । भिल्ला क्लब लिग तालिकाको १६ औं स्थानमा छ ।