काठमाडौं । धनगढी नगरपालिका र ललितपुर महानगर पालिका राष्ट्रिय महिला लिगमा छनोट भएका छन् ।
शुक्रबार सेमिफाइनलको खेलमा जित निकाल्दै दुवै टिम राष्ट्रिय लिगमा छनोट भएका हुन् ।
धनगढीले गौरीगंगा नगरपालिकालाई ४–० गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गर्यो ।
धनगढीको जितमा कप्तान रिभिका पाण्डे, सरस्वती रोकाया, सिमा रावल र चन्द्रा भण्डारीले गोल गरिन् ।
खेलको म्यान अफ दी म्यान सरस्वती रोकाया घोषित भईन् ।
अर्को सेमिफाइनलमा कनकाइ नगरपालिकालाई १-० गोल अन्तरले पराजित गर्दै ललितपुर महानगर फाइनल पुग्यो ।
खेलको तेस्रो मिनेटमा कप्तान निर्मला बिके ललितपुरका लागि विजयी गोल गरिन् ।
छनोट प्रतियोगिताको फाइनल पुग्ने दुई टिम राष्ट्रिय महिला लिगमा छनोट हुने व्यवस्था छ ।
सोही अनुसार राष्ट्रिय महिला लिगमा ललितपुर र धनगढी पुगेका हुन् ।
प्रतियोगिताको उपाधिका लागि पर्सी आईतबार ललितपुर धनगढीले प्रतिस्पर्धा गर्नेछन् ।
विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।