काठमाडौं । ललितपुर महानगरपालिका उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।
शुक्रबार कनकाइ नगरपालिकालाई १–० गोल अन्तरले पराजित गर्दै ललितपुर फाइनल प्रवेश गरेको हो ।
खेलको तेस्रो मिनेटमा कप्तान निर्मला बिके ललितपुरका लागि विजयी गोल गरिन् ।
प्रतियोगिताको फाइनल प्रवेश गरेसँगै ललितपुर महानगरपालिका राष्ट्रिय महिला लिग फुटबलमा छनोट भएको छ ।
प्रतियोगिताको फाइनल खेल्ने दुई टिम सिधै राष्ट्रिय लिगमा छनोट हुने प्रावधान थियो ।
प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गरेका छन् । सहभागी टोलीलाई एन्फाले १० समूहमा विभाजन गरेर खेलाएको थियो ।
प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट प्रावधान छ ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।