एजेन्सी । नर्विच सिटीले फ्राङ्क लाम्पार्डलाई मुख्य प्रशिक्षक बनाउने प्रस्ताव सहित छलफल अघि बढाएको छ ।
लण्डन क्लब चेल्सीबाट बर्खास्तीमा परेपछि जिम्मेवारी विहीन रहेका लाम्पार्डलाई नर्विचले प्रशिक्षकको रुपमा अनुबन्धन गर्न चाहेको हो ।
चेल्सीका पूर्व प्रशिक्षक नर्विचको ब्यवस्थापकको रुपमा प्रिमियर लिगमा फर्कन सक्ने बताईएको छ ।
क्लबले डेनियल फार्कको स्थानमा नयाँ प्रशिक्षको खोजी गरिरहेको छ । उनी पछिल्लो हप्ता बर्खास्तीमा परेका थिए ।
नर्विचले नयाँ प्रशिक्षकमा लाम्पार्डलाई विकल्पको रुपमा अघि सार्दै छलफल अघि बढाएको हो ।
लाम्पार्डलाई अहिलेसम्म प्रशिक्षकको रुपमा घोषणा गरिएको छैन । तर लाम्पार्डले चेल्सीमा रहदाका आफ्ना स्टाफलाई नयाँ क्लब ल्याउन चाहेका छन् ।
लाम्पार्डले आफ्ना सहायक जोए एडवार्ड सहित चेल्सीका युथ टिमका धेरै प्रशिक्षकलाई नयाँ क्लबमा जोड्न खोजिरहेका छन् ।
अघिल्लो वर्षको जनवरीमा बर्खास्तमा परेपछि लाम्पार्ड भुमिका विहीन छन् । उनलाई थोमस टुचेलले चेल्सीमा प्रतिस्थापन गरेका थिए ।
नर्विचमा यस सिजन धेरै समस्या देखिएको छ । क्लबले सुरुवाती ११ खेलमा ५ अंक बटुलेको छ ।
गत बिहीबारमात्र लाम्पार्डका सहकर्मी स्टेभन जेरार्डले एस्टन भिल्लाको प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए ।