हंगेरीको डिफेन्डर ल्याउन चेल्सी सहमतएजेन्सी । इङ्लिस प्रिमियर लिग क्लब चेल्सीले हंगेरीका डिफेन्डर अटिला जालीलाई अनुबन्धन गर्न सहमत देखिएको छ ।
फेनरबेसबाट व्यवसायीक फुटबल खेलिरहेका डिफेन्डरलाई जालीलाई २० मिलियन पाउण्डमा अनुबन्ध गर्न चेल्सी सहमत देखिएको हो ।
सन् २०२० को युरोकपमा उत्कृष्ट प्रर्दशन गरेपछि युरोपका ठुलो क्लबले जालीमाथि आँखा लगाएका थिए ।
टर्किस मिडिया सीएनएन टर्कका अनुसार उनलाई चेल्सीले ६ वर्षका लागि अनुबन्धन गर्न लागेको हो । उनी स्टामफोर्ड ब्रिज क्लबमा आगामी जनवरीमा देखिनेछन् ।
जालीलाई हंगेरीका भार्जिल भान डिजिक भनिन्छ । उनले वार्षिक साढे ३ मिलियन पाउण्ड आम्दानी गर्ने अपेक्षा गरिएको छ ।
चेल्सीमा ब्राजिली डिफेन्डर थियागो सिल्भाको सम्झौता आगामी समरमा सकिदैछ । चेल्सीले जालीलाई सिल्भाकै प्रतिस्थापनको रुपमा हेरेको छ ।
उनको टर्किस क्लबसँग सन् २०२५ सम्मको सम्झौता रहेको छ । तर चेल्सीले उनलाई यसै जनवरीमा लण्डन उतार्न सहमती जनाएको छ ।
सन् २०१९ मा हंगेरीको सिनियर टिममा डेब्यु गरेका जालीले २१ अन्तराष्ट्रिय खेल खेलेका छन् ।
उनले भर्खरै मात्र विश्वकप छनोट अन्तर्गत बुढापेस्टमा इङ्ल्याण्डविरुद्ध खेलेका थिए । गत महिना वेम्वलीमा भएको खेलमा हंगेरीले १–१ गोलको उत्कृष्ट नतिजा निकालेको थियो ।
चेल्सी प्रशिक्षक थोमस टुचेलले उनलाई सेन्टर ब्याकको पोजिसनमा हेरेका छन् । जर्मन प्रशिक्षकले अहिले ६ जना सेन्टर डिफेन्डरलाई टिममा प्रयोग गरिरहेका छन् ।
चेल्सीले प्रिमियर लिगका पछिल्ला ११ खेलमा मात्र ४ गोल ब्यहोरेको छ । त्यसमा दुई गोल पेनाल्टीमा भएको छ ।